सनराइज बैंकद्वारा लेखा तथा कर नीतिसम्बन्धी तालिम सम्पन्न
काठमाडौं । सनराइज बैंक तथा नेपाल शैक्षिक परामर्श संघको संयुक्त आयोजनामा लेखा तथा कर नीतिसम्बन्धी तालिम सम्पन्न भएको छ ।
सनराईज बैंक तथा नेपाल शैक्षिक परामर्श संघको संयुक्त आयोजनामा आधारभुत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रममा लेखा ज्ञान तथा सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि बजेटमार्फत परिवर्तन गरिएका विभिन्न करका दरहरु, कर विवरण र कर दाखिला समयसिमाका बारेमा जानकारी दिइएको छ ।
चार्टड एकाउन्टेण्ट तथा कर विज्ञ अरुण राउतले सहभागीलाई उक्त जानकारी गराएका हुन ।
शैक्षिक परामर्श व्यवसाय जस्तो सेवा प्रदान गर्ने व्यावसायले भोगेका लेखा तथा कर सम्बन्धी विभिन्न समस्याहरुको निदानको बारेमा राउतले जानकारी गराए ।
कार्यक्रमलाई परामर्श केन्द्रका वर्तमान अध्यक्ष प्रकाश पाण्डेले सहभागीहरुको लेखा तथा कर सम्बन्धी जिज्ञासाहरुको व्यवहारिक समाधान गरेका थिए ।
बैंकले विगतमा पनि देशका बिभिन्न ठाउँमा गएर आधारभुत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।