सुरक्षा उपाय अपनाएर सेयर बजार खोल्न अर्थमन्त्री खतिवडाको निर्देशन, करमा सहुलियत दिने



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सुरक्षाको उपाय अपनाएर सेयर बजार खोल्न निर्देशन दिएका छन् । नेपाल धितोपत्र बोर्डको २८ औं बार्षिकोत्सव उनले लामो समयसम्म सेयर बजार बन्द गर्न नहुँने बताएका हुन् । चैत ११ देखि सुरु भएको लकडाउनमा सेयर बजार २ दिन मात्र खुलेर बन्द गरिएको छ ।

उनले पुँजी बजारलाई करमा प्रोत्साहन दिने र सहजै रुपमा कर तिर्न सक्ने स्थिती बनाउन आवश्यक रहेको बताए ।

धितोपत्र बोर्ड शसक्त भएर अघि बढ्नुपर्ने र आन्तरिक पुँजी परिचालनको माध्यमबाट दिर्घकालिन पुँजी निर्माणको आधार भएको मन्त्रीको भनाई छ ।

‘पछिल्लो समयमा धितोपत्र बजारमा निकै चुनौती रहेको छ, त्यो चुनौती सामना गर्नुपर्छ, सेयर बजारमा अब ऋणपत्रहरुको कारोबार बढाउनुपर्छ,’खतिवडाले भने ।

सरकारी ऋणपत्र बजारमा लैजान सक्ने गरी जान लागेको बताए । अहिले बैंकको ऋणपत्र आएको छ । आगामी दिनमा औद्योगिक क्षेत्रको ऋणपत्र आउन सकेमा ऋणपत्रको बजार पनि विकासित हुने बताए ।

क्रेडिट रेटिङलाई व्यवस्थित बनाउँन र आगामी दिनमा यसको शुल्क घटाउन सुझाव दिएका छन् ।

मन्त्री खतिवडाले लकडाउनको कारण सेयर बजार बन्द हुँदा कारोबार गर्नेलाई समस्या भएको हुनसक्ने स्मरण गराए । अहिले तत्कालको लागि सेयर बजारमा समस्या भएपनि यो अल्पकालिन हुने मन्त्रीले दाबी गरे । कोरोनासँग लडदै आफ्ना सबै क्रियाकलाप अघि बढ्ने तर्फ पनि सचेत गराए । दैनिक जिवनयापन चलाउनको लागि बैंक, बीमा खोल्न आवश्यक रहेको बताए ।

‘लामो समय लकडाउन भएपनि बजार लामो समय बन्द गर्न मिल्दैन’मन्त्री खतिवडाले भने ‘बजार खुलेको दिन कसरी अघि बढने भन्ने योजना आवश्यक छ, त्यसै अनुसार अघि बढौ ।’

बजार सञ्चालन गर्न नेप्सेले मात्रै नसक्ने र त्यसमने लागि तरलता चाहिने बताए । व्यक्तिमा पैसा नभइ सेयर किन्न नसक्ने भन्दै आगामी दिनमा टिप्लस ३ लाई घटाउन गृहकार्यमा लाग्न पनि सुझाव दिए । यसरी धेरै कारोबार गर्न सकेको खण्डमा तरलता परिचालन गर्न सजिलो हुने मन्त्रीको तर्क छ ।

बजारको जोखिम लिन नचाहने र बजारका आउन चाहनेलाई म्यूचुअल फण्ड आएको भएपनि यो प्रारम्भिक चरणमा रहेको भन्दै यसको विकासमा लाग्न आग्रह बोर्डलाई आग्रह गरे ।

व्यक्तिगतका साथै संस्थागत लगानीकर्ता बढाउने तर्फ पनि लाग्न आग्रह गरे । स्टक डिलर आएपछि बजारमा हुने अस्वभाविक रुपमा हुने उतार चढाव कम हुने जानकारी गराए । यसको लागि कानून निर्माण लगायतका काम भइरहेको र स्टक डिलर आएपछि बजारमा उचार चढाव नआउने पनि बताए ।

मन्त्री खतिवडाले बोर्डलाई वित्तीय साक्षरतामा ध्यान दिन आग्रह गरे । नाफा सुनिश्चित गर्ने विषयमा लगानीकर्तालाई जानकारी गराउन आग्रह गरे ।

जनतालाई सूसुचित गराउन धितोपत्र बोर्ड, नेप्से लगायतले कार्यविभाजन गरेर अघि बढन सुझाव दिए । उनले सिडिएससी नेप्सेको स्याटलाइन हुनुपर्ने हो वा आफै केही गर्न सक्ने खालको हुनेपर्ने हो भन्दै प्रश्न गरे ।

नियामक निकायको निर्णय बाहिर प्रचार गर्दै हिँडनु भन्दा पनि आन्तरिक रुपमा काम गर्न सुझाव दिए ।

अबको दिनमा सार्क स्तरिय पुँजी बजारमा ध्यान दिन आग्रह पनि गरे ।

कोरोनाका कारण नेपालको भन्दा यूरोप, अमेरिकाको सेयर बजारमा असर परेको बताए । उनले अब सार्क क्षेत्रमा गएको खण्डमा प्रविधि हस्तान्तरण हुने र लगानी भित्र्न सहयोग पुग्ने दाबी गरे ।

दक्षिण एसियाली मुलुकमा पुँजी बजार विस्तार गर्न सकेको खण्डमा लगानी भित्र्याउन सकिने उल्लेख गरे । पुँजी परिचालन गर्नको लागि सेयर बजारको भूमिका हुने भन्दै नीजि क्षेत्रको ऋणपत्र आउने र त्यसले आर्थिक वृद्धिमा सहयोग गर्ने बताए । त्यसको लागि धितोपत्र बोर्डको सहयोग आवश्यक भएको मन्त्री खतिवडाको तर्क छ ।


क्लिकमान्डु