सरकारी विद्यालय ज्ञानोदय माविले सुरु गर्यो अनलाईन कक्षा
कोभिड १९ को कारणले २०७६ चैत्र ११ गतेदेखि वन्द रहेको काठमाडौ,बाफ स्थित सामुदायीक विद्यालय ज्ञानोदय मावि ले जेठ २२ गतेवाट आफ्ना विद्यार्थीहरुद्याई अनलाइन कक्षा शुरु गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले निर्देशिका जारी गरी असार १ गतेदेखि अनलाईन कक्षा शुरु गर्नुभनेता पनि यो विद्यालयले अगावै शुरु गरेको छ ।
अनलाईन कक्षा सञ्चालन गर्नको लागि शिक्षक बिष्णुप्रसाद ज्ञवालीको संयोजकत्वमा सात सदस्यीय उपसमिति निर्माण गरेको प्रधानाध्यापक नातिकाजी महर्जनले वताए । उनका अनुसार जेष्ठ २२ गतेवाट कक्षा १० का सवै विषयहरुको पठनपाठन शुरु गरेको र अरु कक्षाहरु क्रमश आगामी हप्तावाट शुरु हुने छ ।
अनलाईन कक्षामा हप्ताको दुई दिन सवै विषयमा अनिवार्य कन्फरेन्स सहित गुगल क्लाशरुममा शैक्षिक सामग्री प्रदान गरिएको छ ।