रामदानको अन्तिम दिन प्रार्थना गर्नका लागि जर्मनीमा चर्चहरु खोलिने



जर्मनीले मुस्लिमहरुको चाड रामदानको अवसरमा प्रार्थना गर्नका लागि त्यहाँका चर्च खुला गर्ने भएको छ ।

कोरोना भाइरसको महामारीका सोसल डिस्टेन्स कायम गर्नका लागि मस्जिदमा नअटाउनेहरुलाई चर्चको ढोका खुला गरिएको हो ।

तर उनीहरुले प्रार्थना गर्दा कम्तीमा पनि ५ फिटको दूरी भने कायम राख्नुपर्नेछ ।

त्यहाँ रहेको दर अस्लाम मस्जिदले सबै मानिसहरुलाई समेट्न नसक्ने भएकाले जर्मनीले चर्च खुला राख्ने निर्णय गरेको हो । त्यहाँको मार्था लुचेरन चर्चले रामदानको अन्तिम दिन प्रार्थना गर्ने मुस्लिमहरुलाई खुला गर्ने निर्णय गरेको हो ।

मुस्लिमहरु रामदानको महिनाभरी व्रत बस्छन् । र, उपवास तोड्नका लागि खासगरी परिवार, साथीहरुसँग भेटघाट गर्छन् ।

‘यो संकटको समयमा रामदानमा प्रार्थनागर्नेहरुका लागि खुसीको संकेत हो, महामारीले हामीलाई एकजुट हुन सिकाएको छ,’ मस्जिदका इमामले भने ।

-एजेन्सी 


क्लिकमान्डु