संसद बैठकमा अर्थमन्त्री खतिवडा हराएपछि यसरी जंगिए झापाली सांसद (भिडियोसहित)



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अहिले अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको आगामी आर्थिक वर्षको बजेटको सैद्दान्तिक पक्षमाथि छलफल जारी छ ।

सोमबारदेखि शुरु भएको सैद्दान्तिक छलफल मंगलबार सकिने छ । राष्ट्रियसभामा भने सोमबार नै सैद्दान्तिक छलफल सकिएर अर्थमन्त्री खतिवडाले जवाफ दिइसकेका छन् ।

सांसदहरुले बजेटको सैद्दान्तिक पक्ष र बजेट निर्माणको विषयमा विभिन्न खाले सुझाव दिने गर्छन् । सो बैठकभर अर्थमन्त्री आफैं उपस्थित हुनुपर्ने हुन्छ ।

मंगलबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले बोल्ने समय पाए । उनी बजेटको सैद्दान्तिक पक्षमाथि बोल्न रोष्टममा उभिएपछि अर्थमन्त्रीलाई बोलाउनको लागि रुलिङ माग गरे ।

‘अर्थमन्त्री अनपुस्थित भएपछि कसलाई प्रश्न सोध्ने हो, यो कर्मकाण्डी तरिकाको छलफलको कुनै अर्थ छैन, अर्थमन्त्रीलाई उपस्थिती गराउनुपर्यो ?’ सांसद् लिङदेनले सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गर्दै भने ।

सभामुख सापकोटाले अर्थमन्त्री अघिसम्म यही रहेको र रेकर्ड भएपनि सुन्ने भन्दै आफ्नो भनाई राख्न अनुरोध गरे ।

त्यसपछि बोलेका सांसद् लिङदेनले अर्थमन्त्री नआएको असन्तुष्टी पोख्दै अर्थमन्त्री झापाको भएपनि आफ्नो निर्वाचन क्षेत्रमा भने नयाँ बजेट नदिएको बताए ।

प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाबाट उठेका लिङदेनलाई नेकपाले सहयोग गरेको थियो । उनले आफु नेकपाको सहयोगबाट निर्वाचन जितेपनि आफ्नो सहयोग पनि नभुल्न अनुरोध गर्दै बजेट आफ्नो निर्वाचन क्षेत्रमा राख्नसमेत माग गरे ।


पुष्प दुलाल