डिशहोमले टेलिभिजनबाटै विद्यार्थीलाई अध्ययन गराउने



काठमाडौं । डिसहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै कक्षा कार्यक्रम सुरु गरेको छ ।

डिसहोम र डियरवाक लर्निङ सेन्टरको सहकार्यमा यहि बैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण गर्दैछ । डिशहोमको च्यानल नं. ११४ माकक्षा १०को, च्यानल नं.११५ माकक्षा ९, ८ र ७को र च्यानल नं.११६ माकक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्मप्रशारण हुनेछ ।

यसका साथै विगत ६ महिनाभन्दाबढि समय देखि विभिन्नकारणबस डिशहोम रिचार्जनगर्नुभएका पुराना ग्राहकहरुकालागि डिशहोमले बैशाख २१ गते देखिलागु हुने गरी ३० दिन सम्मकालागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराएको छ । यस सुविधाले लकडाउनको अवधिमाग्राहकहरुको आफ्नो परिवारसंगको बसाईलाई रमाईलो बनाउनअझ बढी सहयोग गर्नेछ भन्ने डिशहोमको आशा रहेको छ ।

डिसहोमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह ९स्याटलाइट०को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन् ।


क्लिकमान्डु