सिटिजन्स बैंकको नाफा १ अर्ब ९ करोड, अन्य सूचक कस्ता ?
काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा २.०२ प्रतिशतले बढेको छ ।
यो अवधिमा बैंकको नाफा १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा त्रैंकको नाफा १ अर्ब ६ करोड ९६ लाख १ हजार रुपैयाँ रहेको थियो ।
बैंकको वितरण योग्य नाफा ४१ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
बैंकको नाफा बढनलाई खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवको तेस्रो त्रैमासमा २ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा २ अर्ब २४ करोड ४८ लाख १३ हजार रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन मुनाफा पनि गत आवको भन्दा बढेको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब ४९करोड १४ लाख ५ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ५२ करोड ३१ लाख ४७ हजार रुपैयाँ रहेको छ ।
८ अर्ब ६२ करोड २१ लाख ९६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४९ करोड ३३ लाख ६७ हजार रुपयैयाँ रहेको छ । बैंकको खराब कर्जा १.५८ प्रतिशतबाट घटेर ०.९७ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७७ पैसा रहेको छ ।