कोरोनाविरुद्ध लड्न अमेरिकाले नेपाललाई २२ करोड सहयोग गर्ने



कोरोना संक्रमण रोक्न विश्वले संघर्ष गरिरहेका बेला अमेरिकाले नेपाललाई १.८ मिलियन अमेरिकी डलर अर्थात २२ कराेड रूपैयाँ सहयोग गर्ने भएको छ ।
 
युएस स्टेट डिर्पाटमेन्टका अनुसार उक्त आर्थिक सहयोग कोरोना संक्रमितको हेरचाह, उपयोगी सूचना प्रबाह र कोरोनाको निरिक्षण र अध्ययनमा प्रयोग हुनेछ । यो रकम विश्वव्यापी महामारीविरुद्धको आकस्मिक तयारी र प्रतिक्रियामा पनि प्रयोग हुन सक्ने बताइएको छ ।
द स्टेट डिपार्टमेन्ट र युएस एजेन्सी फर इन्टरनेशनल डेभलप्मेण्टले विश्वव्यापी आकस्मिक स्वास्थ्य, मानवियता र आर्थिक सहयोगका लागि करिब ५०८ मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
अमेरिकाले कोरोना विरुद्धको लडाईका लागि  भारतलाई कोरोना नियन्त्रणका लागि ५९ लाख अर्थात ५.९ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । अफगानिस्तानलाई १८ मिलियन डलर, बंगलादेशलाई ९.६ मिलियन, भुटानलाई ५ लाख डलर, पाकिस्तालाई ९.४ मिलियन डलर र श्रीलंकालाई १.३ मिलियन डलर सहयोग गरेको छ ।


क्लिकमान्डु