भारतमा तेलको माग ७० प्रतिशतले घट्यो
काठमाडौं । कोरोना संक्रमण फैलिएपछि भएको विश्वव्यापी लकडाउनका कारण भारतमा तेलको माग ७० प्रतिशतले घटेको छ । भारत विश्वको तेस्रो सबैभन्दा तेल खपत गर्ने राष्ट्रका रुपमा चिनिन्छ ।
कोरोना संक्रमण नरोकिएपछि अहिले लकडाउनलाई पुन: थप गर्ने तयारीमा भारत रहेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
लकडाउनका कारण गााडीका साथै उद्योगधन्दा बन्द छन् । तेलको खपत गर्ने प्राय: सबै क्षेत्र बन्द भएपछि तेलको मागमा गिरावट आएको हो ।
भारतको आयल एण्ड नेचुरल ग्यास कर्पोरेशनका पूर्वअध्यक्ष आर.एस शर्माले अहिलेको जस्तो अवस्था अकल्पनीय भएको र यस्ता अवस्था आफुले कहिल्यै नसुनेको र नदेखेको बताए ।
भारतले मार्च २५ मा गरेको २१ दिने लकडाउनको निर्णयले विश्वव्यापी तेल खपतमा गिरावट आएको हो । उक्त निर्णप पश्चात १.३ बिलियन अर्थात १ अर्व ३० करोड भारतीय जनाता घरभित्र रहेका छन ।
कोरोनाको उदगमस्थल मानिने चीनमा लकडाउन खुलेको छ । चीनमा लकडाउन खुलेपछि विश्वको तेल ब्यापारमा केही सुधार हुने अपेक्षा गरिएको छ ।
गत वर्षको अप्रिलमा भारतमा प्रतिदिन ४.४८ मिलियन ब्यारल तेल खपत भएको सरकारी तथ्यांक छ ।