नेपाल प्रहरीले सुरु गर्यो लकडाउनको अनुगमन ड्रोनबाटै



काठमाडौं । कोरोना भाइरसका कारण सरकारले घोषणा गरेको लकडाउनको अनुगमनका लागि प्रहरीले ड्रोनको प्रयोग गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा देखिएको उक्त भाइरसको कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी आवतजावत एवम् यातायात संचालनमा रोक (लकडाउन) अनुगमनको लागि २ वटा ड्रोनको प्रयोग गरी काठमाडौं उपत्यकामा अनुगमन शुरु गरिएको हो ।

हाल प्रहरीले लकडाउनको अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएर २ घन्टा राखेर छोडने गरेको छ । प्रहरीले बुधबारबाट अनुगमन तथा गस्तिलाई बढावा दिएको छ ।


क्लिकमान्डु