भारतको महाराष्ट्रमा मन्त्री, जनप्रतिनिधि र सरकारी अधिकारीको तलब ६०% सम्म कटौती हुने



काठमाडौं । कोरोना संक्रमणले भयावह रुप लिन थालपछि भारतको महाराष्ट्रका मन्त्री, जनप्रतिनिधि र विभिन्न तहका सरकारी अधिकारीहरुको तलब ६० प्रतिशतसम्म कटौती हुने भएको छ ।

कोरोना भाइरका कारण भएको लकडाउन र त्यसले निम्त्याएको नकारात्मक आर्थिक अवस्थालाई मध्यनजर गरी उक्त निर्णय भएको हो ।

अत्यावश्यक सेवामा संलग्नहरुको सवालमा भने यो नियम लागू हुनेछैन ।

तलब कटौती हुनुका साथै बाँकी रहेको तलब पनि केहि समयपछि मात्रै दिने निर्णय भएको बताइएको छ ।

निर्वाचित मूख्यमन्त्री, मन्त्रीहरुले मार्चको तलब ६० प्रतिशत कटौती गरी पाउने अर्थमन्त्री अजित पवारले बताए ।

त्यसैगरी ए र बी ग्रेडका सरकारी कर्मचारीहरुको तलब ५० प्रतिशतले कम हुनेछ भने सी ग्रेडका कर्मचारीको तलब २५ प्रतिशतले कटौती हुनेछ । तर डी ग्रेडका कर्मचारीको तलबमा भने कुनै कटौती नहुने अर्थमन्त्री पवारले स्पष्ट पारेका छन् ।

मूख्यमन्त्री र कर्मचारी संगठनहरुसँगको छलफलपछि तलब कटौतीको निर्णय भएको समेत उनले प्रष्ट पारे ।

कोरोना भाइरसका कारण भएको लकडाउनले उक्त राज्यको अर्थतन्त्र नकरात्मक प्रभाब पारेको छ । अप्रिलमा दिइने मार्चको तलब दुइ किस्तामा दिने निर्णय समेत उक्त छलफलले गरेको छ । बाँकी रहेको रकम अहिलेको अवस्थामा सुधार भएपछि गरिनेछ ।

कोरोनाका कारण सबै निजी संस्था, उद्योगहरु बन्द भएका छन् जसले राजश्व संकलनमा गिरावट आएको छ ।

तलब कटौती अर्ध सरकारी संस्था र अनुदान लिएका शैक्षिक संस्था र विश्वविद्यालयमा समेत लागू हुनेछ ।


क्लिकमान्डु