कोरोना संक्रमित ६ लाख नाघ्दा साढे २७ हजारको मृत्यु , अमेरिकामा १ लाखभन्दा बढी



काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस विश्वका १९९ वटा देशका ६ लाखभन्दा बढी नागरिकमा संक्रमण भइसकेको छ ।

विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारी उद्गमस्थल चीनमा मत्थर भए जस्तो देखिएको छ युरोप र अमेरिकामा नियन्त्रणबाहिर देखिएको छ ।

चीनमा ८० हजार जनामा संक्रमित भइसकेपछि थामिएको गती अमेरिका र इटलीमा भने रोकिने संकेत देखिएको छैन । अमेरिकामा सबैभन्दा बढी १ लाख ४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने इटलीमा ८६ हजारभन्दा बढीमा देखिएको छ ।

त्यस्तै, चीनमा ८१ हजार जनामा संक्रमण देखिँदा स्पेनमा ६५ हजारबढी, जर्मनीमा ५३ हजारबढी, इरानमा ३५ हजारबढी र फ्रान्समा ३२ हजारबढीमा कोरोनाको संक्रमण देखिएको छ ।

२७ हजारले ज्यान गुमाए
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा धेरै इटलीमा छ । जहाँ ९ हजारभन्दा बढीले ज्यान गुमाइ सकेका छन् । त्यस्तै, स्पेनमा ५ हजारबढीले ज्यान गुमाए भने चीनमा ३२ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

नेपालमामा ४ जनामा देखियो
सरकारका अनुसार नेपालमा हालसम्म ४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये १ जना निको भइसकेका छन् भने बाँकी ३ जनाको उपचार भइरहेको छ ।


क्लिकमान्डु