कोरोना संक्रमितको संख्या साढे ५ लाख नजिक, अमेरिकामा एकैदिन २० हजारभन्दा बढी भेटिए



काठमाडौं । कोरोना संक्रमितको सख्या विश्वभर साढे ५ लाख नजिक पुगेको छ । यही रोगका कारण विश्वका एक चौथाइ जनता अहिले लकडाउनमा बस्न बाध्य छन् ।

चीनबाट शुरु भए पनि यतिबेला कोरोना भाइरसका कारण सबैभन्दा बढी अमेरिका, इटली, स्पेन, जर्मनी र इरान देखिएका छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउँदै गर्दा यी देशमा भने तीव्र गतिमा संक्रमितको संख्या बढिरहेको छ । सबैभन्दा विकसित तथा स्वास्थ्य सेवा अब्बल भएको मानिने यी देशमा संक्रमणको प्रकोप यसरी बढ्नुले यो महामारी विश्व स्तरमा संकटको ठूलो चुनौतीका रुपमा देखिएको छ ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा यो रोगको संक्रमणबाट ८५ हजार ५ सयभन्दा बढी देखिएका छन भने चीनमा ८१ हजार, इटलीमा ८० हजार, स्पेनमा ५७ हजार, जर्मनीमा ४३ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

हालसम्म यो रोगबाट २४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १ लाख २४ हजारभन्दा बढी उपचारपछि निको पनि भएका छन् ।

तर संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा यसको असर कहाँसम्म पर्ने हो र कतिसम्म जाने हो यकिन गर्न सकिने अवस्था छैन ।

टलीमा नियन्त्रण बाहिर गइसकेको भनिएको कोरोनाको प्रभाव सबैभन्दा बढी अमेरिकामा तीव्र गतिमा फैलिएको अमेरिकामा एकै दिन २० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । जसले कोरोना भाइरसको संक्रमणको जोखिम प्रष्ट देखाएको छ ।

यो रोगबाट हालसम्म सबैभन्दा बढी इटलीमा ८ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन भन स्पेनमा ४३ सय र चीनमा ३२ सयले ज्यान गुमाएका छन् ।

त्यस्तै अमेरिकामा १३ सय जनाले ज्यान गुमाएका छन भने इरानमा अहिलेसम्म २२ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि हालसम्म ७ सयभन्दा बढी नमूना परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । जसमध्ये १ जनालाई निको भइसकेको छ भने २ जनाको काठमाडौं टेकुस्थित अस्पतालमा उपचार भइरहेको छ ।


क्लिकमान्डु