हालसम्म नेपालमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, ६ जना बिरामी शंकाको घेरामा



काठमाडौं । गत डिसेम्बरमा चीनको हुवाई प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट विश्व १९२ देशमा हालसम्म ४ लाख २४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

तीन महिनामा नै यो भाइसरको संक्रमणबाट १८ हजार ९ सयबढीको मृत्यु भइसकेको छ, भने ३ लाख ९ हजार ५७ जना उपचारत छन् ।

कोरोना संक्रमित देशमध्ये नेपाल पनि एक हो । नेपालमा हालसम्म ३ जनालाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । गत माघ ९ गते पहिलो पटक चीनबाट आएका नेपालीलाई कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

संक्रमित व्यक्ति हाल निको भएर आफ्नो घर फर्किसकेका छन् । पहिलो पटक नेपालमा कोरोना भाइरस संक्रमित भेटिएको २ महिनापछि पुनः २ जना सो भाइरस संक्रमित भेटिएको छ ।

जसमा यही चैत ४ गते फ्रान्सबाट कतार ट्रान्जिट भएर नेपाल आएकी १९ बर्षिया युवतीलाई चैत ९ गते र चैत १२ गते अर्का एक जनालाई सो भाइरस भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । नेपाल अधिराज्यभरका अस्पतालमा चैत १० गतेसम्म विभिन्न प्रकारका सरुवा रोगका बिरामी भर्ना भएका छन् ।

जसमध्ये ६ जनालाई कोरोना भाइरसको शंका गरिएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६१० जनाले कोरोना भाइरसको परिक्षण गरिएमा ६०८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइसरको आशंकामा आइसोलेसनमा काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ५ जना र पाटन अस्पतालमा ६ जनालाई राखिएको छ ।


क्लिकमान्डु