कोरोना संक्रमित तेस्रो व्यक्ति खाडी मुलुकबाट आएका थिए, टेकु अस्पतालमा उपचार हुँदै
काठमाडौं । बुधबार नेपालमा कोरोना संक्रमित बिरामीको संख्या ३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले खाडीबाट आएका एक व्यक्तिमा कोरोना भाइरस देखिएको पुष्टिभएको जनाएको छ ।
हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले जानकारी दिएकी छिन् ।
उनको नमूना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।
ती युवा लक्षण देखिएपछि टेकु अस्पताल पुगेका थिए । उनको अहिले आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।