घर बाहिर ननिस्कन महानगरको अपिल, कोरोनाको शंका लागे जनप्रतिनिधिलाई फोन गर्नु (नम्बरसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारले लगाएको लकडाउन अवधिभर सबै नगरबासिलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई न्यूनिकरण गर्न सरकारले लकडाउन गरेको भन्दै चैत ११ गते विहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो ।
महानगरले आफू, आफ्ना परिवार र आफ्ना टोल छिमेकलाई समेत कोरोना भाइरसको संक्रमणबाट टाढा राख्न संसारभरि नै अहिले ‘लकडाउन’ नीतिलाई अख्तियार गरिएको स्मरण गराएको छ । यो समयमा सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिन समेत व्यवसायीहरुलाई आग्रह गरेको छ ।
महानगरपालिकाले लकडाउन अवधिमा कुनै नगरवासीलाई केही समस्या परेमा सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न समेत आग्रह गरेको छ । यसका लागि महानगरका प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिहरूको निम्न फोन नम्बरहरू खुला रहने जानकारी समेत गराइएको छ ।
सम्भावित महामारीका विरुद्ध सचेत र सतर्क भई प्रतिरोध गर्नुपर्ने यस अवस्थामा नगरवासीलाई आइपर्न सक्ने कुनै पनि समस्या र अप्ठ्यारोमा सहयोग गर्न काठमाडौं महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीवर्गलाई सतर्क अवस्थामा रहन निर्देशन पनि दिएको छ ।
कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको स्मरण पनि गराएको छ ।
काठमाडौँ महानगरको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्था समेत मिलाइएको जनाएको छ ।
प्रमुख/उपप्रमुख
विद्यासुन्दर शाक्य – ९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ – ९८५१२७९८९९
वडा अध्यक्षहरू
१) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१ २) राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२
३) दिपक के.सी. – ९८५१२७९९०३ ४) मोहन बिष्ट – ९८५१२७९९०४
५) रमेश डंगोल – ९८५१२७९९०५ ६) दिपेन्द्र लामा – ९८५१२७९९०६
७) शुद्ध डंगोल – ९८५१२७९९०७ ८) दिनेशकुमार डंगोल – ९८५१२७९९०८
९) रामकृष्ण जयखु श्रेष्ठ – ९८५१२७९९०९ १०) रामकुमार के.सी. – ९८५१२७९९१०
११) हिरालाल तण्डुकार – ९८५१२७९९११ १२) विकास डंगोल – ९८५१२७९९१२
१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३ १४) शोभा सापकोटा – ९८५१२७९९१४
१५) इश्वरमान डंगोल – ९८५१२७९९१५ १६) मुकुन्द रिजाल – ९८५१२७९९१६
१७) नवीन मानन्धर – ९८५१२७९९१७ १८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८
१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९ २०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०
२१) उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१ २२) चिनीकाजी महर्जन – ९८५१२७९९२२
२३) मचाराजा महर्जन – ९८५१२७९९२३ २४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४
२५) नीलकाजी शाक्य – ९८५१२७९९२५ २६) ख्यामराज तिवारी – ९८५१२७९९२६
२७) चिनियामान वज्राचार्य – ९८५१२७९९२७ २८) भाइराम खड्गी – ९८५१२७९९२८
२९) कुश ढकाल – ९८५१२७९९२९ ३०) दलबहादुर कार्की – ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१ ३२) नवराज पराजुली – ९८५१२७९९३२
कार्यपालिका सदस्यहरूः
लक्ष्मी श्रेष्ठ – ९८५१२७९९५१ रमिताकमल स्थापित – ९८५१२७९९५२
रश्मी खड्का – ९८५१२७९९५३ कान्ता अधिकारी गौतम – ९८५१२७९९५४
हिरादेवी पोखरेल – ९८५१२७९९५५ पासाङ नूर्वु लामा – ९८५१२७९९५६
दिपक गोर्खाली राई – ९८५१२७९९५७ प्रेम पोडे पुजारी – ९८५१२७९९५८