चितवनमा कोरोना भाइरसको आशंकामा आइसोलेसन रहेका एक जनाको मृत्यु



काठमाडौं । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । मंगलबार उपचारका क्रममा उनको मृत्यु भएको हो ।

केहीदिन अघि चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो । उनलाई कोरोना भए वा नभएको पुष्टि हुन बाँकी छ । उनको नमूना संकलन गरी पठाइए पनि अहिलेसम्म रिपोर्ट आएको छैन ।


क्लिकमान्डु