पशुपतिनाथ मन्दिरमा एकपटकमा १० जनालाई मात्रै प्रवेश दिइने, साँझको आरतीमा पनि बस्न नपाइने
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा १० जनामात्रै भक्तजनलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।
पशुपति क्षेत्रविकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आज बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो ।
त्यस्तै बिद्युतीय शवदाह गृहमा ७ जनाभन्दा बढि मलामीलाई प्रवेश गर्न निषेध गरिएको छ । त्यस्तै गरी पशुपतिनाथको मन्दिरमा गरिने बिशेष पूजालाई अर्को सूचना नभएसम्मका लागि स्थगत गरिएको बिज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै जलअभिषेक गर्दा र बेलुकाको आरतीमा बस्ने भक्तजनहरुलाई अर्को सूचनान भएसम्मका लागि उपस्थित नहुन सूचित गरिएको छ ।