सेयर बजार बन्द नगरेको भन्दै अर्थमन्त्री खतिवडाले सोधे नेप्से सीइओ साउदसँग स्पष्टिकरण



काठमाडौं । सरकारले अत्यवाश्यकबाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि आइतबार सेयर बजार खुलेको विषयमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेप्सेका सीइओ चन्द्र साउदसँग स्पष्टिकरण सोधेका छन् ।

लगानीकर्ताले आइतबार बिहानै नेप्से पुगेर बजार बन्द गर्न गरेको मागविरुद्ध नेप्से सीइओ साउदले बजार खुला रहने जानकारी गराउँदै बजार खोलेका थिए ।

उनले आइतबार कुनै पनि हालतमा बजार बन्द नहुने बरु सोमबारदेखि के गर्ने निर्णय गर्न सकिने बताउँदै बजार खोलेका थिए । यसै विषयमा अर्थमन्त्री खतिवडाले आइतबार बजार खोलिसकेपछि साउदसँग स्पष्टिकरण सोधेका हुन् ।

सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले बजार चलखेलमा नेप्सेका सीइओ चन्द्रसिंह साउद लागेकाले अर्थमन्त्रालयले उनलाई कारबाही गर्न माग गरेका छन् ।


क्लिकमान्डु