जनशक्ति अभाव भएपछि टेकु अस्पतालले माग्यो ४४ कर्मचारी, अन्तर्वार्ताबाटै छानिने



काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले विभिन्न पदका लागि ४४ जना कर्मचारी माग गरेको छ ।

कोरोना संक्रमण भएको आशंकामा परीक्षण गराउने विरामीको संख्या अत्यधिक बढेपछि अस्पतालले तीन महिनाका लागि करारमा कर्मचारी माग गरेको हो ।
अस्पतालले पाँचौको स्टार्फ नर्स २६ जना, सातौं तहको नर्सिङ अधिकृत ४ जना, आठौं तहको मेडिकल अधिकृत ८ जना र नवौं तहको कन्सलटेन्ट एनेस्थेसिओलोजिस्ट ६ जना माग गरेको हो ।

अस्पतालले १३ गतेसम्म आवेदन दिने अन्तिम दिन तोकेको छ । अन्तरवार्ताका माध्यममार्फत कर्मचारी भर्ना गर्न लागिएको अस्पतालले जनाएको छ ।


क्लिकमान्डु