मनकामनास्थित केवलकार चैत ३० गतेसम्म बन्द
काठमाडौं । मनकामना दर्शन प्रालिले मनकामनामा सञ्चालन गर्दै आएको केवलकार चैत ३० गतेसम्मका लागि बन्द गरेको छ ।
कम्पनीले कोरोना भाइरसको संक्रमण रोक्नका लागि केबलकार बन्द गर्न लागिएको जानकार दिएको हो । कम्पनीले चैत ८ गतेदेखि केबलकार बन्द गरिनेछ ।
सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुन भनेसँगै कम्पनीले केबलकार बन्द गर्ने निर्णय गरको हो ।