मास्क र सेनिटाइजरको कालोबजारी गर्ने तीन जना पक्राउ
काठमाडौं । मास्क र सेनिटाइजरको कालोबजारी गर्ने तीन जना पक्राउ परेका छन् । बजारमा कृतिम अभाव सिर्जना गराइ कालोबजारी गर्ने रुपेश रौनियार, पुरुषोत्तम अधिकारी र मिना घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बिशेष सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले बुधबार दिउँसो काठमाडौंका बिभिन्न स्थानहरुबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको हो । प्रहरीले ११ हजार ४५५ थान मास्क, १५०५ बोतल तथा सेनिटाइजर खरिदको बिक्रीको बिलसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा जिल्लाका रुपेश रौनियारबाट १५०० थान मास्क, नुवाकोटमा पुरुषोत्तम अधिकारसिँग ५ बोतल सेनिटाइजर, बिल प्याड २ थान तथा मास्क २३५ थान र अर्घाखाँचीकी मिना घिमिरेबाट ११ हजार २२० थान मास्क बरामद गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।