अर्थमन्त्री खतिवडासँग निजी क्षेत्रको माग: व्यवसाय बचाउन राहत चाहियो



काठमाडौं । कोरना भाइरसको कारण अर्थतन्त्रमा पर्न सक्ने असरको विषयमा अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारमा आयोजित छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल चेम्बर अफ कमर्श,नेपाल उद्योग परिसंघ,नेपाल बैकर्स संघ लगायत निजी क्षेत्रका अन्य संस्थाहरु उपस्थित थिए ।

बैठकमा अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा अहिले कोराना भाइरसको अल्पकालिन असर देखिएको र दीर्घकालिन पर्ने असरको लागि सरकारले राहत दिन तयार रहेको बताएका थिए । उनले निजी क्षेत्रलाई आपूर्ति व्यवस्थापनमा भने सहजिकरण गर्न माग गरेका थिए ।

बैठकमा व्यवसायीले चैतमा तिनुपर्ने बैंकको किस्ता र करको विषयमा सहुलियत दिनुपर्ने माग राखेका थिए ।

अर्थमन्त्रीले त्यसको विषयमा असर अनुसार पछि निर्णय गरेर राहतको प्याकेज दिने आस्वस्त बनाएका थिए ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योग र व्यवसायलाई बचाउनको लागि पुनरकर्जाको सुविधा माग गरेका थिए ।

चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले चेम्बरले राहतकको प्याकेजको लागि गरेको कामको जानकारी गराएका थिए ।


क्लिकमान्डु