भ्रष्टाचारबारे बुझ्न अख्तियारले वीपी प्रतिष्ठानका पूर्व उपकुलपतिलाई बोलायो

105
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालीन उपकुलपति डा. राजकुमार रौनियारलाई १५ दिनभित्र आयोगमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रतिष्ठानको क्यान्सर तथा मुटु रोग केन्द्र भवन निर्माणका लागि ड्रोइङ डिजाइन लागत अनुमान तयार तथा सुपरीवेक्षण गर्ने परामर्श सेवा सम्बन्धी कार्यमा भ्रष्टाचार गरेको भन्ने उजुरी परेकाले अख्तियारले १५ दिनभित्र उपस्थित हुन भनेको हो । पछिल्ला दिनमा प्रतिष्ठानका विभिन्न पदाधिकारी भ्रष्टाचारको अभियोगमा तानिएसँगै तत्कालिन उपकुलपति रौनियारलाई समेत १५ दिनभित्र उपस्थित हुन अख्तियारले निर्देशन दिएको हो ।

आयोगले तोकिएको समयमा उपस्थित नभएमा कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ । यस्तै काठमाडौं महानगरपालिकाका कर्मचारी गणेशबहादुर शाही विगत ९० दिनदेखि अनुपस्थित रहेकाले तपाईलाई नोकरीबाट किन नहटाउने भन्ने प्रश्न गर्दै ३५ दिनभित्र स्पिष्टकरणसहित कार्यालयमा उपस्थित हुन सूचित गरेको छ ।

Skip This