कोरोना प्रभावः भारतीय सेयर बजारमा हालसम्मकै ठूलो गिरावट
कोरोना भाइरसको प्रभाव यतिबेला अन्तर्राष्ट्रिय स्तरमा सेयर बजारमा देखिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा उथलपुथल आउनु कोरोना भाइरसको कारणलाई देखाउँदै गर्दा अमेरिका, युरोपसँगै भारतीय सेयर बजारमा पनि भारी गिरावट आएको छ ।
भारतीय सेयर बजार सेन्सेक्समा बिहीबार बिहान ११ बजे सेन्सेक्स २६०० अंकले घटेर ३३२०२.८५ अंकमा आइपुगेको छ । २६०० अंकको गिरावट आजसम्मकै सबैभन्दा ठूलो गिरावट हो ।
सोमबार कोरोना भाइरसका कारण सेन्सेक्स २४६७ अंकले गिरावट आएको थियो । साथै निफटीमा पनि ७०१.९० अंकले गिरावट आएर ९७४६ अंकमा पुगेको छ । निफ्टीमा ३१ महिनाको यो सबैभन्दा तल झरेको छ ।
त्यहाँको सेयर बजारमा बीएसईमा भोडाफोन आइडियाको सेयर मूल्यमा उच्च वृद्धिदर देखिँदा स्पाइस जेट, ग्लेनमार्कको सेयर मूल्यमा भारी गिरावट देखिएको छ ।
बीएसईमा ट्रेन्ड भएका २०८७ कम्पनीमध्ये १८७३ कम्पनीको सेयर घटेको छ । कोरोना भाइरसका कारणले सेयर बजारमा ८ लाख करोड भारु लगानी कम भयो ।
बिहीबार सेन्सेक्सको मार्केट क्याप १२८ लाख करोड भारु पुगेको छ । बुधबार यो १३७ लाख करोड भारु थियो । स्टक एक्सचेञ्जको आँकडा अनुसार विदेशी लगानीकताएले ३५१५.३८ करोड भारुको सेयर बिक्री गरेका छन् ।
बिहीबारको कारोबारमा ३३ वटा कम्पनीको सेयरमा अपर सर्किट लाग्यो भने ३२९ कम्पनीको सेयरमा लोअर सर्किट लागेको थियो । – एजेन्सी