कोरोना भाइरसको कारण सेयर बजार घट्यो: अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसको प्रभावको कारण सेयर बजार ओरालो लागेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा धितोपत्र ऐनको संसोधन विधेयकमा सांसद्हरुले उठाएको सैद्दान्तिक प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सेयर कारोबारको उचाबचढाबमा लगानीकर्ता स्वयम जिम्मेवार हुनुपर्ने बताए ।

‘सेयर खरिद गरिने कम्पनीको अवस्था र सरकाररको नीति निर्देशन कस्तो आउँछ भनेर विचार विश्लेष्ण गरेर सेयर किन्नु पर्छ’ उनले भने ‘विधि र नीतिका कारणले सेयर घट्ने र बढ्ने हुन्छ, अहिले विश्व परिवेशमा केही अनिश्चितता कोरोना भाइसरको कारणले गर्दापनि सेयर बजारमा केही उथलपुथल देखिएको छ ।’ यस्ता अत्पकालीन असरका कारणले दिर्गकालीन सोच बनाउन भने उपयुक्त नभएको उनको भनाई छ ।

उनले नियमनलाई बजारको सिद्धान्त अनुसार, धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक, पारदर्शी र कानून ल्याउदै नियामक निकायको भूमिकालाई बलियो बनाउने बताए ।

अर्थमन्त्री खतिवडाले पूँजी बजार पूँजीपतिको मात्र बजार नभएको भन्दै सेयर कारोबार गर्ने १५÷१६ लाख भन्दा बढी भएको जानकारी संसद्मा गराए ।

सानो सानो पुँजी भएकाहरुले पनि त्यो पुँजी बैंकमा निक्षेप राख्ने, सेयर बजारमा लगानी गर्ने सानो व्यवसाय केही गर्ने कि भनेर जुन उनीहरुले आधार उनीहरुले पाएको अर्थमन्त्री खतिवडाको भनाई थियो ।

उनले आफैले ठुलो जोखिम लिन नसक्ने, उद्योग नै खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागी हुन्छु भन्ने चाहने साना मझौला बचतकर्ताहरुको लागि पनि पूँजी बजार उपयुक्त माध्यम भएको बताए । उनले जोखिम लिन नचाहनेको लागि सामुहिक लगानी कोष आएको भन्दै सेयरको सुनिश्चतता पनि यसै धितोपत्र ऐन र नियमावलीमा व्यवस्था गरिएको बताए ।

उनले नेपालीहरु थोरै पुँजी भएपनि कुनै न कुनै माध्यमबाट सम्पत्तिको मालिक बन्न सक्ने व्यवस्था गरिएको बताए ।

‘केही समय अघिदेखि जलविद्युतका क्षेत्रमा हजारौको सख्यामा सेयर सहभागिता हुदैँ आएको छ’ उनले भने ‘त्यहा थोरै आयस्तर भएका व्यक्तिले पनि सेयर किन्ने व्यवस्था गरिएको छ ।’ लघुवित्तसस्थाबाटै कर्जा लिएर भएपनि सेयर किन्न सकिने व्यवस्था गरिएको उनले बताए ।


क्लिकमान्डु