‘कालोधनको कारण सेयर बजार जुवाघर जस्तो भयो’



काठमाडौं । सेयर बजारमा कालोधन भएको कारण नेप्से परिसूचक उकालो लाग्न नसकेको प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले उठाएको छन् ।

प्रतिनिधिसभामा पेश भएको धितोपत्र सम्बन्धि विधेयकको पहिलो संसोधनको सैद्दान्तिक पक्षको बहसमा भाग लिदै सांसद् गजेन्द्र महतले सेयर बजारमा कालोधन भएको कारण बजार नबढेको बताए ।

‘बजारमा कालेधनको कारण सेयर बजारमा चलखेल भएको छ,बजार सिमित व्यक्तिले मात्र चलखेल गरेको छन्,’उनले भने । उनले सिमित ब्रोकरहरुले चलखेल गर्ने गरेको बताए ।


क्लिकमान्डु