महासंघको एशोसियट उपाध्यक्षमा रामचन्द्र संघई उठ्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट उपाध्यक्षमा रामचन्द्र संघई उठ्ने भएका छन् ।

संघाईले एशोसियट उपाध्यक्षमा उम्मेद्वारी दिने बताए ।

‘व्यवसायमा हामी परिवार लागेको एकसय वर्ष भइसकेको छ,व्यवसायीको आवाज उठाउनको लागि आफुले एशोसियट उपाध्यक्षमा उम्मेद्वारी दिन लागेको हो,’ संघाईले क्लिकमाण्डूसँग भने ।

उनले आफुलाई बरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालले सहयोग गर्छु भनेर आश्वासन दिएको समेत बताए ।

संघई बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको टीमबाट एशोसियट उपाध्यक्षमा निर्वाचन लड्न लागेका हुन् ।

महासंघमा बरिष्ठ उपाध्यक्षको निर्वाचन लड्न लागेका चन्द्र ढकालले निवर्तमान अध्यक्ष पशुपति मुरारका र अब अध्यक्ष बन्न लागेका शेखर गोल्छालाई चुनावी रणनीतिमा ठूलो चुनौती दिएका छन् ।

ढकालले मारवाडी व्यवसायीमा ठूलो व्यवसायिक घराना त्रिवेणी ग्रुपका संघाईलाई उम्मेद्वारी बनाएपछि मारवाडी समुदायका व्यवसायी समेत आफ्नो समर्थनमा रहेको सन्देश दिएका छन् ।

संघाई अहिले एनआईसी एशिया बैंकमा संचालक रहेका छन् । त्रिवेणी ग्रुपको एनएमि बैंक,नेपाल लाइफ इन्स्यारेन्स तथा उद्योगहरुमा सिमेनट लगायतका क्षेत्रमा ठूलो लगानी रहेको छ ।

महासंघको चैत २८ गते हुने भनिएको साधारणसभामा ढकाल र किशोर प्रधान प्यानल सहित प्रतिस्पर्धा गर्दैछन् ।

प्रधानको उम्मेद्वारी घोषणासभामा नगएर शौरभ ज्योति निर्विरोध एशोसियट उपाध्यक्ष हुने आकलन गरिएको थियो । तर,ज्योतिको निकटता ढकालसँगभन्दा बढी अध्यक्ष बन्न लागेका शेखरसँग छ । शेखर गोल्छाले बिराटनगर पुगेर प्रधानको पक्षमा भोट नै मागेका थिए ।

एशोसियटमा बलियो पकड पशुपति र शेखर रहेको छ । जसलाई तोड्नको लागि ढकालले मारवाडी समुदायबाट नै प्रतिनिधित्व गर्ने संघाईलाई एशोसियटको उपाध्यक्ष बनाउन सफल भएका हुन् ।

महासंघमा बरिष्ठ उपाध्यक्ष ढकालको टीमबाट जिल्ला नगरमा गुणनिधि तिवारी उठ्ने छन् भने वस्तुगतमा उमेशलाल श्रेष्ठ तथा एशोसियटमा संघाई । यस्तै प्रधानको टिमबाट जिल्ला नगरमा दिनेश श्रेष्ठ,वस्तुगतमा अन्जन श्रेष्ठ हुने छन् भने एशोसियटमा शौरभ ज्वोति हुने छन् ।


क्लिकमान्डु