सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ‘एमडीआरटी’ कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा मिलियन डलर राउन्ड टेबल ‘एमडीआरटी’ कार्यक्रम म्पन्न गरेको छ ।
सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ४०० भन्दा बडी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालज्यूले ‘एमडीआरटी’ के हो ? यसको प्रक्रिया, आवश्यकता र लाभहरुको बारेमा प्रकाश पार्दै सिटिजन लिडरहरुलाई प्रेरित गराएका थिए ।
यसका साथै उनले ‘एमडीआरटी’का लागि योग्य हुन आवश्यक कुराहरुमा जोड दिए । कार्यक्रममा ‘एमडीआरटी’मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरलाई तथा ‘एमडीआरटी’को लक्ष्य लिएका सिटिजन लिडरहरुलाई सम्मान पनि गरिएको थियो ।
समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताए । उनले ‘एमडीआरटी’ जस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा अझ सहयोग पुग्ने बताए ।
उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित समेत गरेका थिए ।