तेलयुद्ध र कोरोना प्रभावः अमेरिकी सेयर बजारमा पहिरो, ९ वर्षयताकै खराब अवस्था
बाल्टिमोर । संसारभर तीब्ररुपमा फैलिरहेको कोरोना भाईरसपछिको सबैभन्दा ठूलो निरासा सोमबार अमेरिकी सेयर लगानीकर्ताले भोग्नुपर्यो ।
विश्वकै सेयर बजारमा सोमबार उच्च गिरावट आएपनि संसारको आर्थिक राजधानीको रुपमा हेरिएको न्यूर्योक स्टक एस्चेन्जको सोमबारको कारोबारले भने आर्थिक निरासा पैदा गरेको छ ।
साताको पहिलो दिन सोमबार एकै दिन ऐतिहासिकरुपमा सेयर कारोबारमा गिरावट आएपछि यहाँको राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि आर्थिक निकायको ध्यान सेयर बजारतर्फ गएको छ ।
सोमबार उच्च ३० कम्पनीहरुको सेयर कारोबार सुचक नाप्ने डाओ जोन परिसुचकमा २००० अंकभन्दा बढीको गिरावट आएको छ । सोमबारको गिरावटपछि डाओ जोन परिसुचक २३ हजार ८ सय ५१ मा झरेको छ । १५ दिन अगाडि फेब्रअरी १४ मा यो परिसुचक ३० हजारको हाराहारीमा पुगेको थियो ।
त्यस्तै ठूलो कारोबार तथा लगानीकर्ताहरु भएको ५ सय ५ कम्पनीको कारोबार सुचक नाप्ने एसएण्डपी ५०० परिसुचकमा पनि सोमबार २ सय २५ अंकको गिरावट आएको छ । उता नास्डक स्टक एक्सचेन्ज परिसुचकमा पनि सोमबार एकैदिन करिब ८ प्रतिशत (६ सय २४ अंक) को गिरावट आएको छ ।
अमेरिकाको सबैभन्दा प्रभावकारी कम्पनीहरुको कारोबार हुने डाओ जोन र एसएण्डपी ५०० सुचकमा भारी गिरावट आएपछि यहाँका लगानीकर्ताहरुले देशमा सन् २००८ जस्तै मन्दी आउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
एसएण्डपी सुचकममा सन् २०११ पछिको सोमबार एकैदिन सबैभन्दा ठूलो गिरावट आएको हो । एसएण्डपीमा मात्रै एक हप्तामा करिब ५ ट्रिलियन डलर बरारबरको क्षती भइसकेको छ । डाओ जोनमा झण्डै १ .५ ट्रिलियनको क्षति भएको छ
लगानीकर्ताहरुले साउदी अरब र रसियाबीच पेट्रोलियम पदार्थको मुल्यको विषयमा भएको विवादको कारण ईन्धनको बजार मुल्यमा भएको असरले सेयर बजारमा सिधा प्रभाव परेको विश्वास गरेका छन् भने केहीले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण आर्थिक बजारमा परेको असरले सेयर बजारमा सीधा प्रभाव परेको बताइरहेका छन् ।
अमेरिकामा सोमबारसम्म कोरोना भाइरस संक्रमितहरुको संख्या ७ सय नाघेको छ भने मृतकको संख्या २६ पुगेको छ जसमा २२ जना एकै राज्य वासिंटन राज्यका रहेका छन् । यहाँको स्थानीय समाचार संस्थाहरुको अनुसार सोमबारसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितहरु रहेको राज्यको संख्या ३६ पुगेको छ ।
ट्रम्पले भने–‘गलत समाचारको प्रभाव’
यता आफूले राष्ट्रपतिको कार्यकाल सम्हालेदेखि नै सेयर बजारको विषयमा खुलेर प्रसंशा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सोमबारको कारोबारलाई लिएर गलत समाचारको कारण सेयर बजारमा असर परेको टिप्पणी गरेका छन ।
‘रसिया र साउदी अरब मिलेर इन्धनको मुल्यमा कमि ल्याउने र खपत बढाउने समाचार बाहिर ल्याईएको छ’ उनले सोमबार ट्विट गदै भने ‘यो झुटो समाचारको कारण सेयर बजारमा गिरावट आयो ।’
यद्यपि उनले उपभोक्तालाई भने इन्धनको मुल्यमा गिरावट आउँदा फाईदा हुने बताए ।
के हो तेल समस्या ?
केही दिन अगाडि मात्रै ईन्धनको धनी राष्ट्र साउदी अरबले धेरै तेल उत्पादन गर्ने घोषणा गरेको थियो । तर रसियाले कोरोना भाईरसको कारण मागमा कमि आईरहेको समयमा साउदीको निर्णयसंग असहमति जनाएपछि साउदीले मुल्यमा कमि ल्याएर भएपनि तेल बजारमा आफ्नो हिस्सा जोगाईराख्ने निर्णय गरेको थियो ।
यो सँगै सोमबार विश्वबजारको इन्धन मुल्यमा सन् २०९१ को गल्फ तेल युद्ध पछिकै तेस्रो ठूलो गिरावट आएको थियो । विश्वबजारमा कोरोना भाइरसको कारण इन्धनको मागमा कमि आइरहेको बेला साउदीले ईन्धनको मुल्य घटाएर बिक्री बढाउने प्रस्तावको कारण सोमबार विश्वबजारमा इन्घनको मुल्य करिब १५ प्रतिशतले गिरावट आएको छ ।
विश्व बजारमा तेल उत्पादनमा ठूलो हिस्सा राख्ने अमेरिकन इन्धन व्यापारी कम्पनी सेल तथा विपी ग्यासले इन्धनको मुल्यमा धेरैपछि यस्तो भारी गिरावट आएको बताएका छन् । यद्यपी मंगलबार भने इन्धनको मुल्यमा केही सुधारको संकेत देखिएको छ ।
ट्रम्पले सोमबारै शुरु गरे उपचार !
एकैदिन सेयरबजारको ऐतिहाँसिक गिरावटको कारण निरास भएका अमेरिकी जनालाई सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पले केही राहतको संकेत गरेका छन् । उनले कोरोना भाइरस र सेयर बजारको अवस्थालाई हेरेर उपयुसक्त सुझावको लागि आफुने कानूनी सल्लाहकारहरुलाई अनुरोध गरेको बताउँदै मंगलबार राहतको घोषणा गर्ने बताए ।
ह्वाईट हाउसले राहतको लागि घण्टाको हिसाबमा काम गर्ने कामदारहरुको करकट्टी सहुलियत दिने योजनामा राष्ट्रपति रहेको उल्लेख गरेको छ ।
‘यो विषयमा धेरै ठूलो नाटकीय निर्णय मंगलबारको पत्रकार सम्मेलनमा सुनाईने छ,’ ह्वाईटहाउस स्रोतलाई उल्लेख गर्दै सिएनएनले लेखेको छ ।
कुन कम्पनीले कति गुमाए ?
कोरोना भाइरसको विश्वव्यापीकरणसंगै अघिल्लो दुईहप्तादेखि अमेरिकी सेयर बजारमा हलचल सुरु भएको थियो । जसको कारण पछिल्लो समयमा मात्रै केही ठूला कम्पनीहरुले सेयरबजारबाट ठूलो रकम गुमाएका छन् । जसमा माइक्रोसफ्ट कम्पनीको फेब्रअरी १९ पछि मात्रै २ सय ५० विलियन, एप्पल तथा गुगलको प्रत्येकको २ सय विलियन तथा अमेजोनको १ सय ७० विलियन बजार पूँजीकरणमा क्षती भएको छ ।