दुबई, मलेसिया पठाइदिन्छु भन्दै साढे ११ लाख ठग्ने साह पक्राउ



काठमाडौं । बैदेशिक रोजगारका लागि दुबई, मलेसियामा वर्किङ भिसामा पठाइदिन्छु भन्दै साढे ११ लाख रुपैयाँ ठगी गर्ने २४ वर्षे राधे साहलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा मिथिला विहारी घर भई काठमाडौं गौशाला बस्ने २४ वर्षे राधे साहले वैदेशिक रोजगारको सिलसिलामा दुबई, मलेशियामा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्वोस दिलाई ९ जना व्यक्तिसँग गरी कुल ११ लाख ४२ हजार २०० रुपैयाँ ठगी गरेका थिए ।

उनी सम्पर्कबिहीन भएपछि ती व्यक्तिहरुले उजुरी दिएका थिए । जसअनुसार प्रहरीले फागुन २३ गते पक्राउ गरेको थियो ।


क्लिकमान्डु