ग्लोबल आइएमइ छाडेर रविन्द्र ढकाल सनराइज बैंक जाने, एक पद बढुवा
काठमाडौं । ग्लोबल आईएमई बैंक छाडेर रविन्द्र ढकाल सनराइज बैंक जाने भएका छन् । एक पद बढुवा भएर ढकाल सनराइज बैंक जाने भएका हुन् ।
ग्लोबलमा डेपुटी म्यानेजर रहेका ढकाललाई सनराइजले म्यानेजर बनाएर लाने भएको हो ।
उनी आगामी सोमबारदेखि सनराइजमा हाजिर हुनेछन् ।
१३ वर्षअघि बैंकिङ करियर शुरु गरेका ढकालसँग ग्लोबलमा ब्राञ्च म्यानेजर, मार्केटिङ, कार्ड, सेल्स र रेमिट्यान्स प्रमुख भएर काम गरेको अनुभव छ ।
जनक शर्मा पौडेल पनि ग्लोबलको सीइओ छाडेर झन्डै वर्षदिन अघि सनराइज बैंकमा सीइओ भएर गएका हुन् । सीइओ पौडेलले आफ्नो टिम बनाउने क्रममा रविन्द्रलाई रोजेका हुन् ।