प्राथमिक सेयर निष्काशन ९१.७ प्रतिशतले घट्यो, हकप्रद, ऋणपत्र निष्काशन ह्वात्तै बढ्यो
काठमाडौं । धितोपत्र बोर्डको तथ्यांकले सेयर बजारमा प्राथमिक सेयरको हिस्सा निकै घटेको तर हकप्रद, ऋणपत्र र बोनस सेयरको निष्काशन भने बढेको देखिएको छ ।
आर्थिक वर्ष २०७५÷७६ को दोस्रो त्रैमासमा ११ वटा कम्पनीको ३ अर्ब ६ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन भएको थियो । आव २०७६÷०७७ को दोस्रो त्रैमासमा आइपुग्दा उक्त संस्था ९१.७ प्रतिशतले घटेर ३ करोड रुपैयाँको १ वटा कम्पनीको मात्रै प्राथमिक निष्काशन भएको छ ।
यता हकप्रद सेयर भने चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा रकमको आधारमा हकप्रद सेयरको निष्काशन ६९.२ प्रतिशतले बढेको छ ।
गत आवको दोस्रो त्रैमासमा ८ वटा कम्पनीको १ अर्ब ३ करोड रुपैयाँको हकप्रद जारी भएको छ । चालु आवको सोही अवधिमा आइपुग्दा कम्पनी घटेपनि रकम भने बढी छ । चालु आवको सोही अवधिमा ७ वटा कम्पनीको २ अर्ब २ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन भएको छ ।
अहिले सरकारले ऋणपत्र निष्काशनलाई निकै प्राथमिकतामा राखेको छ । गत आवको दोस्रो त्रैमासको भन्दा ४२.२ प्रतिशतले हकप्रद सेयर बढेको छ ।
गत आवको दोस्रो त्रैमासमा ५ वटा कम्पनीको ११ अर्ब ६ करोड रुपैयाँको ऋणपत्र निष्काशित भएकोमा चालु आवको सोही अवधिमा ७ वटा कम्पनीको १६ अर्ब ५ करोड रुपैयाँको ऋणपत्र निष्काशित भएको छ ।
धितोपत्र बोर्डका अनुसार सूचिकृत कम्पनीको बोनस सेयर पनि बढेको छ । बोर्डका अनुसार गत आवको ६ महिनामा ३१ वटा कम्पनीले ८ अर्ब ६ करोड रुपैयाँको बोनस दिएको थियो ।
चालु आवको ६ महिनामा ३७ वटा कम्पनीको ११ अर्ब ६ करोड रुपैयाँको बोनस सेयर जारी भएको छ । कारोबार रकमको आधारमा बोनस सेयर चालु आवको ६ महिनामा आइपुग्दा ३४.९ प्रतिशतले बढेको बोनस सेयर जारी भएको छ । कारोबार रकमको आधारमा बोनस सेयर चालु आवको ६ महिनामा आइपुग्दा ३४.९ प्रतिशतले बढेको छ ।