एभरेष्ट बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर
काठमाडौं । एभरेष्ट बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।
बैंकले जारी गरेको विज्ञप्ती अनुसार राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशतले घटाएको हो ।
बैंकले शुरुवातमा अधित्तम ब्याजदर रहेको मुद्दती निक्षेपमा ०.५ प्रतिशतले ब्याजदर घटाएको जनाएको छ ।
बैंकले राष्ट्र बैंकलको निर्देशन अनुसार कल खाताको ब्याजदरपनि घटाउदै लगेको जानकारी दिएको छ ।