८ बैंकको दोस्रो त्रैमासको विवरण सार्वजनिक, नाफा ७.२२ प्रतिशतले बढ्यो



C

काठमाडौं । अहिलेसम्म आठ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

अहिलेसम्म आठ वटा बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार ७.२२ प्रतिशतले नाफा बढेको छ ।

बैंकहरुले गत आवको दोस्रो त्रैमासमा ८ अर्ब ९४ करोड १२ लाख ९२ हजार ७२९ रुपैयाँ नाफा आर्जन गरेका थिए । चालु आवको दोस्रो त्रैमासमा बैंकहरुको नाफा ७.२२ प्रतिशतले बढेर ९ अर्ब ५८ करोड ७५ लाख ८४ हजार ५३७ रुपैयाँ नाफा आर्जन गरेका छन् ।

गतवर्ष संचालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये जनता बैंक ग्लोबल आईएमईमा मर्ज भइसकेको छ । अहिले सञ्चालनमा २७ वटा बैंक रहेका छन् । २७ मध्ये ८ वटाको दोस्रो त्रैमासको रिपोर्ट आएको हो । ८ वटा बैंक मध्ये ३ वटा बैंकको नाफामा गिरावट देखिएको छ ।

सबैभन्दब बढी नेपाल बैंकको नाफामा १८.६० प्रतिशतको गिरावट देखिएको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ६६ करोड १४ लाख ९८ हजार २०२ रुपैयाँ नाफा आर्जन गरेको बैंकको चालु आवको सोही अवधिमा पुग्दा १ अर्ब ३५ करोड २३ लाख ९६ हजार ८६३ रुपैयाँ मात्रै नाफा भएको छ ।

यस्तै सिटिजन्स बैंकको पनि नाफामा १०.७२ प्रतिशतको गिरावट देखिएको छ । गत आवको दोस्रो त्रैमासमा ७७ करोड ३ लाख ४५ ९२१ रुपैयाँ नाफा आर्जन गरेको बैंकको चालु आवको सोही अवधिमा आईपुग्दा १०.७२ प्रतिशतले घटेर ६८ करोड ७७ लाख १ हजार ४९ रुपैयाँ मात्रै आर्जन गरेको छ ।

यस्तै सिद्धार्थ बैंकको पनि नाफा ४.०१ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ६ करोड ९४ लाख ४३ हजार ६१३ रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा १ अर्ब २ करोड ६५ लाख ४९ हजार ४७८ रुपैयाँ मात्रै नाफा आर्जन गरुेको छ ।

यो अवधिमा ५ वटा बैंकका नाफा बढेको छ । सबैभन्दा बढी एनआईसी एसिया बैंकको नाफा ३३.३९ प्रतिशतले बढेर २ अर्ब १ करोड ६२ लाख २५ हजार ६२१ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ५१ करोड १४ लाख ५८ हजार ६८६ रुपैयाँ रहेको छ र ८ वटा बैंकमा सबैभन्दा एनआईसी बैंकले नै कमाएको छ । अन्य बैंकको नाफा त्यो भन्दा कम रहेको छ । यो अवधिमा अर्ब भन्दा बढी नाफा कमाउने ५ वटा बैंक रहेका छन् ।
अर्बपति क्लबमा प्रवेश गर्ने बैंकमा सिदार्थ, सानिमा, एनआईसी बैंक, एभरेष्ट बैंक र नेपाल बैंक रहेका छन् ।

Bank Profit this year Profit last year
Citizen Bank International 687,701,049 770,345,921
siddhartha 1,026,549,478 1,069,443,614
sanima 1,147,465,302 982,086,568
nic asia 2,016,225,621 1,511,458,686
everest 1,509,829,000 1,429,915,000
sunrise 944,388,224 792,753,738
laxmi 903,029,000 723,791,000
nepal bank 1,352,396,863 1,661,498,202


क्लिकमान्डु