४ हजार धरौटीमा रिहाईपछि गायिका आस्था राउतले भनिन– प्रहरी साच्चिकै साथी रहेछन
काठमाडौं । अभद्र व्यवहारको मुद्दामा थुनामा रहेकी गायिका आस्था राउतले धरौटीमा रिहा भएकी छिन । प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप खेपेकी उनले रिहाइ भएपछि भने प्रहरीको प्रशंसा गरेकी छन ।
पत्रकारहरुलाई प्रक्रिया दिदै उनले हिरासतमा आफूलाई प्रहरीबाट निकै सहज र राम्रो व्यवहार भएकोे बताइन ।
‘मैले प्रहरीलाई जुन रुपमा बुझेकी थिएँ, त्यो होइन रहेछ । प्रहरी साँच्चै जनताको साथी रहेको अनुभूति भयो । गल्ति मबाटै भएको थियो । उहाँहरुले मलाई कुनै पनि नराम्रो व्यवहार गर्नुभएन,’ आस्थाले भनिन ।
४ हजार रुपैयाँ धरौटीमा छुटेकी आस्थाले प्रहरीलाई आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने बताएकी छन ।
उनी अब १४ फागुनमा सीडीओ कार्यालयमा हाजिर हुनुपर्ने भएको छ ।