नेप्सेमा शुक्रबारपनि सेयर कारोबार, आरएसडिसी र ग्लोबलको सेयर खरिदबिक्री



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सेयर कारोबार नहुँने शुक्रबारको दिनपनि कारोबार भएको छ । स्टक ब्रोकरको सिस्टममा अहिलेसम्म दुई कम्पनीको सेयर खरिदबिक्री भएको देखिएको छ ।

जसमा आरएसडिसी लघुवित्त र ग्लोबल आइएमई बैंक रहेका छन् । आरएसडिसी लघुवित्त र ग्लोबल आइएमई बैंक रहेका छन् ।

नियम अनुसार ९ कित्तासम्मको कारोबार शुक्रबार हुने गर्छ । यसलाई आइतबार वा शुक्रबारपछि बजार खुल्ने दिनको कारोबारमा मिलाउने गरिन्छ । शुक्रबार ८४ कित्ता नै ग्लोबल आइएमई बैंकको कारोबार भइसकेको छ । आरएसडिसीको पनि १० कित्ताभन्दा बढीको कारोबार भएको छ ।

ब्रोकरहरु लगानीकर्ताले अनलाइनमा अर्डर दिने हुँदा कारोबार देखिएको र यसलाई नेप्सेको सिस्टमको कारण कारोबार देखिएको बताउँछन् । ब्रोकरको सिस्टममा कारोबार देखिएपनि नेप्सेको वेवसाइटमा भने त्यो देखिएको छैन । 


क्लिकमान्डु