भातृत्व सहकारीको अध्यक्षमा कृष्ण सुनुवार
काठमाडौं । भातृत्व विकास बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष जीत नारायण डंगोलले आर्थिक बर्ष २०७४/०७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन अनुसार हाल संस्थाको शेयर पूँजी ६ ९ लाख रहेको छ । बचत संकलन ७ करोड छ भने सहकारीले ७ लाख रुपैयाँ नाफा गरेको छ ।
संस्थाले विभिन्न व्यापार व्यवसायको लागि ऋण लगानी गर्नुका साथै वातावरण प्रदुषण नियन्त्रण एव्म स्वरोजगार प्रवद्र्धनको निमित्त सफा टेम्पोमा पनि लगानी गदै आएको छ । साधारण सभाले शेयर सदस्यहरुलाई ४.४७% प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा पदक जित्न सफल संस्थाका उपाध्यक्ष सागर शाक्यका छोरी तिसा शाक्यलाई सम्मना गरेको छ ।
साधारणसभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको नयाँ नेतृत्वमा संचालक समितिको अध्यक्षमा कृष्ण बहादुर सुनुवार,उपाध्यक्षमा सागर शाक्य,सचिवमा आशिष महर्जन,सदस्यहरुमा रमेश कुमार श्रेष्ठ, रबिन्द्र मानन्धर, राजेन्द्र प्रसाद जोशी र उदय मान डंगोल निर्विरोध भएका छन् । लेखा समिति संयोजकमा सदा क्षेत्री र सदस्यहरुमा राज कुमार कपाली र दिना डंगोल निर्विरोध भएका छन् ।