प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिने सहमती



काठमाडौं । प्रभु बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त समृद्धि क्यापिटल एक आपसमा गाभिने भएका छन् ।

एकिकृत कारोबार गर्ने प्रस्ताव सहित मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा प्रभु क्यापिटलका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटलका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका छन् ।

मर्जर पश्चात प्रभु क्यापिटलको नामबाट कारोबार हुने सहमती भएको र मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुनेछ । हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ रहेको र मर्चेन्ट बैकिङ्ग व्यवसायमा अत्याधिक प्रतिष्पर्धा रहेकोले ठूलो पूँजी सहित सवल संस्था मार्फत प्रतिष्पर्धी सेवा प्रदान गर्ने उद्देश्य सहित मर्जरका लागी अगाडी बढाईएको र यस बाट अन्य संस्थालाई पनि मर्जरमा जानको लागी प्रेरित गर्ने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु