सेञ्चुरी बैंकले ल्यायो सर्वाधिक ब्याजदर र सुविधा दिने ‘सेञ्चुरी सेभिङ प्लस’ बचत योजना (भिडियो)



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकलाई सर्वाधिक ब्याजदर र सुविधा दिनेगरी नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ‘सेञ्चुरी सेभिङ प्लस’ नाम गरेको उक्त बचत योजनामा सहभागी हुने ग्राहकले सर्वाधिक ब्याजदर सहित बैंकले दिने अधिकांश सुविधा प्राप्त गर्नसक्ने छन् ।

‘यो खाता खोल्ने ग्राहकलाई बैंकले अन्य सबै खातामा खोल्नेलाई भन्दा बढी सुविधाहरु प्रदान गर्ने भएकाले यो योजनामा सर्वसाधारणको अत्याधिक आकर्षण हुने विश्वास लिएका छौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले क्लिकमाण्डूसँग भने ।

सेञ्चुरी सेभिङ प्लस नामक खाता खोलेर न्यूनतम् ५० हजार रुपैयाँ मौज्दात राख्नुपर्ने छ । उक्त खातामा भएको निक्षेपमा बैंकले ६.५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकले दिने ब्याज प्रत्येक ३ महिनामा ग्राहकले पाउने छन् ।

‘अहिलेको अवस्थामा बचत खातामा ६.५ प्रतिशत भनेको सर्वाधिक हो, धेरै वाणिज्य बैंकले यति ब्याज दिँदैनन्,’ सीइओ गौतमले भने ।

यो खाता खोल्ने ग्राहकको १० लाख रुपैयाँसम्मको प्राणघातक रोग/दुर्घटना/दीर्घकालीन अशक्तताको बीमा पनि बैंकले नै गरिदिने छ । त्यसका लागि बैंकले आइएमइ जनरल इन्स्योरेन्ससँग बीमा सम्बन्धी सम्झौता गरिसकेको छ ।

त्यसैगरी, सो खातावालाहरुले नेपालका अन्य कुनै बैंकको एटीएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क लाग्ने छैन । साथै निस्शुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ्ग र कर्जा सुविधामा विशेष छुट समेत दिइने सीइओ गौतमले जानकारी दिए ।

त्यस्तै, खातावालले स्वीफ्ट/टीटी र गुड फर पेमेन्टमा ५० प्रतिशत छुट पनि प्राप्त गर्नेछन् ।

उक्त खाताको शुभारम्भ बैंकका सीइओ तुलसीराम गौतमद्धारा गरे । कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थित थिए ।

बीमा कम्पनीको नाम राखेर मात्रै निक्षेपकर्तालाई बीमा सुविधाको प्रचार गर्न राष्ट्र बैंकले निर्देशन दिएपछि सेञ्चुरी बैंकले पहिलोपटक बीमा कम्पनीको नाम राखेर निक्षेपकर्तालाई बीमा सुविधा दिने प्रोडक्ट ल्याएको हो ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


पुष्प दुलाल