सप्तकोशी डेभलपमेन्ट बैंकलाई नेप्सेले गर्यो कारबाही
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सप्तकोशी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ ।
बैंकले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको एक महिना भित्र पहिलो त्रैमासमा भएको कामकारबाही, वित्तीय विवरणसहितको प्रतिवेदन नबुझाएको भन्दै कारबाही गरेको हो ।
बैंकले उक्त प्रतिवेदन विद्युतीय प्रति पेश गर्नुपर्ने व्यवस्था रहेकोमा कात्तिक मसान्त भित्र पेश नगरेको हुँदा सूचीकरण विनियमावली २०७५ अनुसार कारबाही गरेको हो ।
उक्त विनियमावलीको विनियम १६ को १ को ख मा धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सूचीकरण सम्झौतामा उल्लेखित समयमा पेश नगरेकोमा सूचीकरण स्थगत गर्न सकिने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार बैंकको धितोपत्र सूचीकरण स्थगन गरेको नेप्सेले जनाएको छ ।