झापाको काँकडभिट्टामा लक्ष्मी बैंकको शाखा खुल्यो

105
Shares

काठमाडौं । लक्ष्मी बैंकले झापाको काँकडभिट्टामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखा बैंकको १२० औँ शाखा हो ।

यो नयाँ शाखासँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२० शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।