एनआईसी एशिया बैंकको विस्तारित काउण्टर कपिलवस्तुको कृष्णनगरमा
काठमाडौं । एनआईसी एशिया बैंकले कृष्णनगरमा विस्तारित काउण्टर संचालनमा ल्याएको छ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित कृष्णनगरमा उक्त काउन्टर सञ्चालन भएको हो ।
बैंकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउण्टरको उदघाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गरेका छन् ।
उक्त विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका जनतालाई बैकिङ्ग सेवा प्राप्त गर्न थप सहज हुने बैंकले विश्वास लिएको छ ।