काठमाडौंको जरङखुमा सिटिजन लाइफ इन्स्योरेन्सको शाखा खुल्यो

252
Shares

काठमाडौं । काठमाण्डौँको तारकेश्वरस्थित जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुंच थप विस्तार गर्दै सर्वसाधारण जनतामाझ आफ्नो उपस्थिति जनाउन आफ्नो १०५ औं शाखा जरङ्खुमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

उक्त नयाँ शाखाको उदघाटन तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा तथा उप–प्रमुख भवानी धिताल डोटेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल एवम् ब्राण्ड एम्बेसेडर द्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

ब्राण्ड एम्बेसेडर मदन कृष्ण श्रेष्ठले आफ्नो जन्मथलो समेत रहेको यस स्थानमा कम्पनीले शाखा विस्तार गरी सहज तथा सुलभ रुपमा स्थानीय वासिन्दाको पहुंचमा जीवन बीमा सेवा उपलब्ध गराउन लागेकोमा कृतज्ञताज्ञापन गर्दै कम्पनीको समुन्नतिको लागी शुभकामना व्यक्त गरे ।

समाजमा छरिएर रहेको स–सानो बचतलाई बीमाशुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका काम गर्दै जाने तथा आर्थिक उन्नतिमा समेत मद्दत मिल्ने भनाइ ब्राण्ड एम्बेसेडर हरिवंश आर्चायको थियो ।

Skip This