प्रभु बैंकको ऋणपत्र निष्काशन गर्न नबिल ईन्भेष्टेमेण्ट बैंकिङ्ग नियुक्त



काठमाडौं । प्रभु बैंकले ‘प्रभु बैंक डिबेञ्चर–२०८४’ निष्काशन गर्नको लागि नविल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने भएको छ । यसको लागि बैंकले सम्झौता समेत गरेको छ ।

१ हजार रुपैयाँ अंकित दरको ८ वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको ऋणपत्र निष्काशन गर्नको लागि नविल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई नियुक्त गरिएको हो । उक्त सम्झौतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल ईन्भेष्टेमेण्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी हुने गरी २ अर्ब बराबरको ‘प्रभु बैंक डिबेञ्चर–२०८४’ नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् ‘प्रभु बैंक डिबेञ्चर–२०८४’ सार्वजनिक निष्काशन गरिनेछ ।

यस अघि प्रभु बैंकले निष्काशन गरेको एक हजार अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी निष्काशन गरेको १ अर्ब बराबरको ‘१०.२५५ प्रभु बैंक डिबेञ्चर–२०८६’ ऋणपत्रले इक्रा नेपालबाट न्युन कर्जा जोखिम इक्रा एल बीबी रेटिङ्ग प्राएको छ ।


क्लिकमान्डु