ग्लोबल आइएमई बैंकले थप्यो थप ३ शाखा



काठमाडौं । ग्लोबल आइएमई बैंकले एकै पटक तीन ठाँउमा शाखा कार्यालय खुलेको छ ।

बैंकले दिपायल सिलगढी नगरपालिका–४, पिपल्ला बजार डोटी, दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–२ चरिकोट र सिद्धार्थनगर नगरपालिका–१, भैरहवा रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा शाखा सञ्चालनमा ल्याएको हो ।

तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा संख्या १५३ पुगेको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु