व्यक्तिगततर्फ लगातार ६ वर्षसम्म बढी आयकर तिर्ने व्यक्ति बने सिद्धार्थ राणा



काठमाडौं । व्यवसायी सिद्धार्थ राणाले व्यक्तिगत तर्फ लगातार छैटौ पटकपनि सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् ।

आन्तरिक राजस्व विभागले राणालाई व्यक्तिगत तर्फ सबैभन्दा बढी आयकर तिरेकोमा सम्मान गरेको छ । उनी लगातार ६ वर्षसम्म सबैभन्दा बढी आयकर तिरेकोमा सम्मान पाउने व्यवसायीमा पर्छन् ।

राणा सिप्रदी टेड्रिङका अध्यक्ष हुन् । उनको कम्पनी टाटा मोटरको नेपालको लागि आधिकारिक बिक्रेता हो । यसबाहेक होटल सोल्टीमा पनि उनको सेयर रहेको छ ।
आन्तरिक राजस्व विभागले यो वर्ष विभिन्न शिर्षकमा सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गरेको छ ।

विभागले आठौं राष्ट्रिय कर दिवस समारोहमा धेरै कर तिर्नेहरुलाई सम्मान गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले सम्मान गरेका हुन । बढि कर तिर्नेमा सुर्य नेपाल प्रालि, रहेको छ । निर्यातकर्ता तर्फ डाबर नेपाल प्रालि रहेको छ ।

उद्योग तर्फ मदिरा र चुरोट बाहेकमा सबैभन्दा बढी आयकर तिर्नेमा जगदम्बा स्टिल, कृषि तर्फ बढि कर तिर्न अन्नपुर्ण एग्रोे, लघुबित्त तर्फ छिमेक लघुबित्त बित्तिय संस्था रहेको छ । वाणिज्य बैंकमा राष्ट्रिय बाणिज्य बैक, बीमा नेपाल लाईफ ईन्स्योरेन्स, स्वास्थ तर्फ मणिपाल एजुकेशन, सुचना संचार ( वर्ल्डलिन्क व्यापार ब्यवसाय( अग्नि इन्कर्पोरेट प्राली पर्यटन ब्यवसाय( तारागाउँ रिजेन्सी रहेको छ ।

मध्यम स्तरिय बढि कर तिर्ने करदातामा कामना सेवा बिकास बैक रहेको छ । मूल्य अभिबृद्धि कर तर्फ समयमा सबै विवरण बुझाउने घोराही सिमेन्ट रहेको छ । आन्तरिक राजस्वको क्षेत्रमा रहेर बढी कर तिर्नेमा भीएफ सर्भिस मोरिसस प्रालि रहेको छ ।


क्लिकमान्डु