सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम साढे ४ अर्बमा खुम्चियो

28
Shares

काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।

साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले घटेर २६९६.६७ बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ३३.२८ अंकले घटेको थियो ।

मंगलबार नेप्सेमा कुल ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल ५ अर्ब ८१ करोड माथिको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६६ कम्पनीको घटेको छ । यस्तै, १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।