लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिर)

28
Shares

काठमाडौं । लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

गत आइतबार ‘राजधानी मार्च’ गरेर सरकारको ध्यानाकर्षण गराएका उनीहरु मंगलबार बिहानदेखि माइतीघरमा आमरण अनसन बसेका हुन् ।

लघुवित्त सम्बन्धी विगतका प्रतिवेदन कार्यान्वयन गर्न, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्न माग गरेका छन् ।

साथै, जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असुलीको न्यायिक निरुपण गर्न सरकारसँग उनीहरुको माग छ ।