रोनाल्डोको ‘अन्तिम खेल’ सार्वजनिक, अब पोर्चुगलको जर्सीमा नदेखिने !

1.5k
Shares

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको फुटबलबाट सन्यास लिने मिति सार्वजनिक भएको खबर छ ।

पाँच पटकका बालोन डी’ओर विजेताले म्यानचेस्टर युनाइटेडमा छ वर्षको बसाइका क्रममा बेलायतमा आफ्नो नाम कमाएका थिए ।

४१ वर्षीय रोनाल्डोले सन् २००९ मा तत्कालीन कीर्तिमानी ८ करोड पाउण्डको ट्रान्सफर शुल्कमा युनाइटेड छाडेर रियल म्याड्रिड गएका थिए ।

त्यसपछि उनले युभेन्ट्स र अल-नासरका लागि खेले भने त्यसको बीचमा उनी छोटो समयका लागि ओल्ड ट्राफोर्ड (युनाइटेड) फर्किएका थिए ।

यी फरवार्डले आफ्नो छैटौं विश्वकप प्रतियोगिता खेले तर नजितेको त्यो मायावी ट्रफी जित्न भने सकेनन् ।

उनी २३३ खेलमा १४६ गोलका साथ पोर्चुगलका कीर्तिमानी गोलकर्ता हुन् – जसमध्ये तीन गोल भर्खरै सकिएको विश्वकपमा भएका थिए ।

रोनाल्डोले आफ्नो खेल करियरलाई निरन्तरता दिने भए पनि रिपोर्टहरूले उनले आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारीबाट सन्यास लिने दाबी गरेको बेलालयती सञ्चारमाध्यम द सन फुटबलले जनाएको छ ।

यसपटकको विश्वकपको विजेता बनेको स्पेनसँग पराजित हुँदै पोर्चुगल बाहिरिएपछि रोनाल्डोले २०२८ को युरो वा २०३० को घरेलु विश्वकपसम्म खेल्न जारी राख्न सक्ने अनुमान गरिएको थियो।

तर अब त्यस्तो नहुने देखिएको छ, किनकि अन्तर्राष्ट्रिय मञ्चमा उनको अन्तिम खेल धेरै चाँडै आउँदैछ ।

पत्रकार मोहम्मद अवादका अनुसार, रोनाल्डोले आफ्नो देशका लागि थप एक पटक मात्र खेल्नेछन् ।

त्यो खेल सेप्टेम्बर २४ मा नेसन्स लिगमा वेल्स विरुद्ध हुनेछ ।

उक्त खेल रोनाल्डोको बाल्यकालको क्लब ‘स्पोर्टिङ लिस्बन’ को रंगशाला ‘जोसे अल्भालाडे’ मा हुनेछ ।

यदि यस्तो भयो भने, रोनाल्डोले आफ्नो करियरमा पुन: बेलायती दर्शकहरूको अगाडि खेल्ने सम्भावना निकै कम छ ।

उनी हाल साउदी अरबको अल-नासरबाट खेल्छन्, जुन टोलीले नियमित प्रतियोगिताहरूमा बेलायती टोलीहरूसँग खेल्दैन ।

रोनाल्डोलाई फेरि बेलायती रंगशालामा खेल्ने एक मात्र अवसर सम्भवतः प्रि-सिजन मैत्रीपूर्ण खेलमा मात्र हुन सक्छ ।

रोनाल्डोले आफ्नो करियरमा यसअघि एक पटक वेल्सविरुद्ध खेलेका छन्, जुन खेल युरो २०१६ मा भएको थियो ।

फ्रान्सको लियोनस्थित ग्रुपमा स्टेडियममा भएको उक्त २-० को जितमा उनले हेडरमार्फत गोल गरेका थिए र टोलीका सहयात्री नानीलाई गोल गर्न पास दिएका थिए ।

यी स्टारले सन् २००३ मा काजकस्तान विरुद्धको १-० को जितमा लुइस फिगोको स्थानमा मैदान प्रवेश गर्दै पोर्चुगलको तर्फबाट डेब्यु गरेका थिए।

उनको २३३ खेलको कीर्तिमानले उनलाई पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनाएको छ । लियोनेल मेस्सी अर्जेन्टिनाका लागि २०७ खेलका साथ दोस्रो स्थानमा छन् ।

यद्यपि, अमेरिकी महिला फुटबल लिजेन्ड क्रिस्टिन लिलीले अगस्ट १९८७ र नोभेम्बर २०१० को बीचमा ३५४ अन्तर्राष्ट्रिय खेल खेलेकी छिन्।

विश्वकपमा सफलता नमिले पनि रोनाल्डोले पोर्चुगलको ट्रफी क्याबिनेट भर्न ठूलो मद्दत गरेका छन् ।